सुनचाँदी दुवै धातुको मूल्यमा फेरि नयाँ कीर्तिमान, एक तोला सुनको मोल दुई लाख ६९ हजार नाघ्यो
काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीमा उच्च मूल्यको नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै आज, चाँदीको भाउ चार हजार ५८५ रुपैयाा पुगेको महासङ्घले जनाएको छ ।
