SHARE
कर्पोरेट समाचार · बिहीबार १० पु २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

गर्भनर पौडेलसामु एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए शपथ

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष अग्रवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज पद तथा गोपनियताको शपथ खुवाएका हुन्। पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई आजकै मितिदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार