‘ प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न गम्भीर गृहकार्य भइरहेको छ’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न सरकारले गम्भीर परामर्श र गृहकार्य गरिरहेको बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताइन् ।
