देवी बुढा बनिन् जस्मिन पेन्ट्सको बम्पर विजेता, जापान भ्रमणको अवसर
काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ को बम्पर उपहार विजेता घोषणा गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको उपस्थितिमा घोषणा गरिएको बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् ।
