SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार १० पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

५ महिनामा वडा नं. ३० बाट ७ करोड ५६ लाख रुपियाँ राजस्व संकलन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले गएको ५ महिनामा ७ करोड ५६ लाख ९४ हजार ६२७ रुपियाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यही अवधिमा ६ करोड ७५ लाख ५७ हजार रुपियाँ राजस्व संकलन भएको थियो । आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गएको वर्षमा सम्पन्न योजना तथा चालु आर्थिक वर्षमा प्राप्त नतिजाका बारेमा जानकारी दिने क्रममा संकलित राजस्वको अङ्क सार्वजनिक गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं