भद्रकाली पुनःनिर्माणको अनुगमन : समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ । भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउँदै महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको गुणस्तरमाथि निगरानी गरिरहनु सम्पदा तथा पर्यटन विभागलाई र समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ । आज पुनःनिर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रुपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरुको सुझाव र सहयोग लिन, कम्पाउण्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिनुभयो ।
