भेस्पा र एप्रिलियाको लागि अफर योजना सार्वजनिक, एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको मूल्यांकन सुविधा
काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक योजना सार्वजनिक गरेका छन्। यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७ हजार ५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्।
