सञ्चारकर्मीहरूसँग सिन्धु स्वास्थ्य परियोजनाबारे एकदिने अन्तरक्रिया चाेतारामा सम्पन्न
चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र उनीहरूलाई अधिकारप्रति सचेत गराउने उद्देश्यका साथ सञ्चारकर्मीहरूसँगको एकदिने अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिन्धु स्वास्थ्य परियोजना र माङका फेयरमेन्ट सिन्धुपाल्चोकको आयोजनामा भएको यस कार्यक्रमले विशेषगरी “स्वस्थ आमा, स्वस्थ समाज” भन्ने मूल मर्मलाई जोड दिएको छ।
