फट्टेमा पुल निर्माणका लागी महत्वपूर्ण कदम, प्रदेश र स्थानीय तह नेतृत्वद्वारा प्रबिधिक सहित संयुक्त अनुगमन
मेलम्ची । शुक्रवार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ, मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान तथा वडाध्यक्षलगायतको टोलीले मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा निर्माण प्रस्तावित पक्की पुलको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गर्नु भएको छ।
