नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको उपत्यका ८ वटा शाखा गाभ्ने
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौं उपत्यका भित्रका ८ वटा शाखा गाभ्ने भएको छ । बैंकले काठमाडौं जिल्लाको ६ वटा र ललितपुर जिल्लाको २ सहित ८ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले काठमाडौंको लाजिम्पाटमा रहेको शाखा नक्साल नारायणचौरमा सार्ने भएको छ । यसको दुरी करिब ३०० मिटर रहेको छ ।
