ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा
काठमाडौं । ग्लोकल आफ्टर स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित साताव्यापी कार्यक्रम ‘स्किल वीक २०२६’ को घोषणा गरेको छ। कार्यक्रम आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुनेछ। कार्यक्रमअन्तर्गत नेतृत्व, प्रविधि, सञ्चार, सिर्जनशीलता र उद्यमशीलतासम्बन्धी कार्यशाला, प्रतियोगिता तथा अन्तर्क्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन्।
