मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाखको आधारमा प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
