लिपिङ भन्सार अगाडि पार्किङमा रहेको टेलरले ठक्कर दिँदा एकजनाको मृत्यु
सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–२, लिपिङस्थित भन्सार कार्यालय अगाडि पार्किङ गरी राखेको टेलर आफैँ अगाडि गुडेर पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार करिब अपराह्न ४:०० बजे म.प्र. ०३–००१ ख ७५९६ नम्बरको टेलर अगाडि सरेर पैदलयात्री ३० वर्षीय सागर घतानीलाई ठक्कर दिएको हो।
