६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क, धनाढ्यको सूचीमा उनको एकल राज
एजेन्सी । पटकपटक विश्वका धनाढ्य अर्बपति व्यक्तिहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएका अमेरिकी व्यापारी इलोन मस्कको सम्पत्ति ६०० अर्ब डलरभन्दा बढी पुगेको छ। मक्सले विश्वमा ६७७ अर्ब डलर (बिलियन) भन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेर नयाँ कीर्तिमानी बनाएका छन् । फोर्ब्सका अनुसार सोमबार मक्सको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको छ।
