बैंक तथा वित्तीय संस्थालक्षित उच्छृंखल गतिविधिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
काठमाडौं । बैंक तथा वित्तीय संस्थालक्षित विभिन्न घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासका कारण सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
