दस हजार ८सय मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउने मन्त्री कुलमान घिसिङको आश्वासन
टीकापुर ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन् ।
