टेलिनेट र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणमा काम गर्ने
काठमाडौं । रमेश कर्प समूह अन्तर्गत पर्ने टेलिनेट प्रा.लि.ले विश्वकै अग्रणी सेल्सफोर्स सँगको सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्रता दिने भएको छ । दुई बीचको साझेदारीले नेपाली व्यवसाय संचालनको तरिकालाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
