SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार २९ मंिर २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पूँजीको विकास गर्ने क्रममा स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुका लागि गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । ३२ वटा वडालाई आधा आधा गरेर २ चरणमा तालिम चलाएको हो । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकहरुलाई तालिम दिइएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला र राष्ट्रिय क्षयरोग केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना संकलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना संकलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानीकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्ति बिचको आपसी सम्बन्ध लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास गराइएको थियो । प्रयोगशालामा चाहिने साधन तथा उपकरणहरुको छनोट, ढुवानी, भण्डारण, प्रयोग, विरामीहरुबाट नमूना लिने प्रक्रिया, लिएका नमूनाहरुको परीक्षण, रिपोर्ट निर्माण लगायत विषय समावेश गरिएका थिए ।  महानगरपालिकाले सबै वडा (३२ वटा)मा स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरुमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य सेवाको परीक्षण गरिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं