एक साता देखि बन्द भएको तातोपानी शनिबार बेलुकाबाट सञ्चालनमा आयो
तातोपानी । एक साता देखि स्थानीयले अबरुद्ध गरेको तातोपानी नाका शनिबार बेलुकाबाट संचालनमा आएको छ । अरनिको राजमार्ग कोदारी स्थित इको पहिरोमा स्थानीयले सडक अबरुद्ध गरेपछि नाका एक साता देखि बन्द भएको हो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक संचालनमा अबरोध गरेपछि एक साता देखि नाकाबाट आयात बन्द भएको हो।
