राजधानीमा बसपार्क नहुँदा पर्यटकीय बस सोह्रखुट्टे सडकमै पार्किङ
काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य छन् । देशको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।
