नेपालगञ्जमा डिपल एसओ ५ र नामी भिगो सार्वजनिक
काठमाडौं । नेपालमा डिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डिपल एसओ ५ र नामी भिगो सार्वजनिक गरेको छ। नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा उक्त गाडी शुक्रबार सार्वजनिक गरिएको हो ।
