नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले ३४ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनायो
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले मंसिर २५ गते आफ्नो ३४ औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्यरूपमा सम्पन्न गरेको छ। “समाजको पहरेदार, म जिम्मेवार पत्रकार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम बजार परिक्रमा, स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा महासंघको आधिकारिक वेबसाइट fnjsindhupalchok.org को शुभारम्भ गरिएको हो।
