जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । बिहीबार सिंहदरकारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी समूहबीचमा भएको दुई पक्षीय सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो। गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो ।
