दाङ २ मा कांग्रेसबाट किरणकिशोर घिमिरेसहितको नाम सिफारिस
दाङ । फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस दाङले क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे सहितका नेताहरुको नाम सिफारिस गरेको छ । आज बसेको पार्टीको बैठकले प्रत्यक्षतर्फ घिमिरेसहित १०जनाको नाम सिफारिस गरेको छ । घिमिरे कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रिय सदस्य हुन् ।
