नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
बाजुरा । नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए।पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यीय मुल समिति गठन समेत गरिएको छ । बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ ।
