अवरुद्ध ब्रहम्हायणी जलविद्युत् आयोजनाको काम पुन सुचारु हुने, स्थानीय र आयोजना बीच ९ बुँदे सहमति
चौतारा । दिपु तेगा तेम्बाथान क्षेत्रका स्थानीयवासीहरूले १९ बुँदे मागसहित रोक्का पारेको ३६.५२ मेगावाटको ब्रहम्हायणी खोला जलविद्युत् आयोजना पुनः सुचारु हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आईतबार आयोजना पक्ष, स्थानीय प्रतिनिधि र प्रभावित वासिन्दाबीच भएको छलफलमा विभिन्न ९ बुँदे सहमति भएको हो।
