नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ: स्वास्थ्य मन्त्री गौतम
वीरगञ्ज (पर्सा) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्। मन्त्री गौतमले आज नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि सङ्घीय सरकारले प्राथमिकतामा राखेको बताइन् ।
