सरकारले माटो व्यवस्थापनलाई प्राथमिकता दिएको छ : मन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतासाथ अघि बढाइरहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १२औँ विश्व माटो दिवसको अवसरमा बोल्दै उनले माटो परीक्षण, सन्तुलित मल प्रयोग र किसानको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई सरकार निरन्तर अघि सारिरहेको स्पष्ट गरे ।
