कार्यलय वरिपरि सरसफाइ गरी मनायो मेलम्चीले स्थापना दिवस
मेलम्ची । मेलम्ची नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय वरिपरि सरसफाई गरी आफ्नो स्थापना दिवस मनाएको छ । ११ औँ स्थापना दिवसको अवसरमा मेलम्ची नगरपालिकाले आज एक विशेष कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, अधिकृत तथा सहायक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
