मेलम्ची रेबिज उच्च जोखिम क्षेत्र: स्वास्थ्यकर्मी लक्षित तालिम प्रारम्भ
मेलम्चीमा रेबिज रोग व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ, जसको आयोजना बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय चौताराले गरेको हो। फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको सहकार्यमा आयोजित तालिम मेलम्ची रिभरसाइड इनमा औपचारिक रूपमा सुरु भएको हो।
