मेलम्चीमा पनि ‘२२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस’ मनाइयाे
सिन्धुपाल्चाेककाे मेलम्चीमा “स्वास्थ्य समुदायकाे निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे याेगदान” भन्ने मुल नाराका साथ २२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएकाे छ। मेलम्ची नगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा नगरपालिका उपप्रमुख उमा प्रधानले अध्यक्षता गर्नुभएकाे थियाे । कार्यक्रममा प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य स्वयंसेविकाहरूकाे उपस्थिती रहेकाे थियाे ।
