भारतमा इन्धन आपूर्ति जारी राख्ने पुटिनको प्रतिबद्धता
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ । नयाँदिल्ली भ्रमणमा रहेका पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज गरेको भेटमा भारतमा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्ने बताएका हुन् ।
