मधेस प्रदेशका मुख्यमन्त्री पदमा यादव नियुक्त
जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
