आर्सनल र चेल्सीको बराबरी, लिभरपुलको जित
एजेन्सी – १० खेलाडीमा सीमित भएको चेल्सीले शीर्ष स्थानको आर्सनललाई रोक्दै प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बी १-१ को बराबरीमा टुंग्यायो। स्ट्याम्फोर्ड ब्रिजमा भएको खेल निकै उतार चढावपूर्ण रह्यो। आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अन्तर ७ अंक पुर्याउने लक्ष्य राखेको थियो । तर बराबरीपछि डिसेम्बरको सुरुवात ५ अंकको अग्रताबाट हुनेछ ।
