पुर्ननिर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सको डेड करोड रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले पुर्ननिर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा सोमबार नेपाल लाइफले डेड करोड रुपैयाँ योगदान गरेको हो ।
