कामना सेवा विकास बैंकलाई ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती दिएको हो । यो सँगै कामना बैंक अग्राधिकार शेयरको स्वीकृति पाउने नबिलपछि दोस्रो बैंक बनेको छ।
