फोटोन टोटल केयर : बिक्रीपछिको सेवा सुदृढ गर्दै फोटोन
काठमाडौं । नेपालमा फोटोन गाडीका प्रयोगकर्तालाई भरपर्दो सेवा दिन फोटोन टोटल केयर कार्यक्रममार्फत कम्पनीले आफ्नो बिक्रीपछिको सञ्जाललाई थप मजबुत बनाएको छ। एमएडब्लू वृद्धि कमर्शियलले वितरकको भूमिकामा रहेको फोटोनले देशभर १७ वटा सेवा केन्द्रमार्फत शहरदेखि ग्रामीण क्षेत्रसम्मका ग्राहकलाई सहज, छिटो र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।
