मुग्लिन–पोखरा सडकअन्तर्गत दमौलीमा कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ । बजारको मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ ।
