SHARE
बासुरी खबर · शुक्रबार​ ५ बैशाख २०८२ ०४:११ PM · 1 मिनेट पढाइ

उत्तरी नाका व्यवस्थापन आवश्यक छः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका उत्तरी नाकाहरु व्यवस्थित बनाउन आवश्यक रहेको बताएकी छन् । शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंम्वर – २ मा रहेको तातोपानी धारा स्नान गृह भवनको उद्घाटन कार्याक्रममा मन्त्री राणाले देशका दक्षिणका नाकाहरुको तुलनामा उत्तरी नाकाहरु अधिक विकट र क्षतिग्रस्त रहेको बताइन् ।