SHARE
मेट्रो न्युज काठमाडौं · मङगलबार ६ साउन २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, १४,१७३ विद्यार्थी सहभागी, ४ गते नतिजा प्रकाशन हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ। परीक्षा बिहान ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाउनु भएकाे थियाे । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ। OMR प्रणालीद्वारा उत्तरपुस्तिका जाँच परीक्षाको उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच भइरहेको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं