SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १५ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

पूर्वाधार निर्माणको योजना तयार पार्दापार्दै वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

काठमाडौँ । पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न, काम गरिने ठाउँमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले विभागीय निर्देशन दिनुभएको छ । आज जमल-कमलाछी-असन, भोटाहिटी-असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनभरण प्रणालीको कुरा गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘सडक आफैँलाई पानी पुनःभरण हुन सक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज पीट राखेर भए पनि पानी पुनः भरण गराउनु पर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ । अनि मात्र योजना दिगो र समुदायले अपनत्व गर्ने खालको हुन्छ ।’ डंगोलको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं