SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १५ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

जन विकास मा. वि. परिसरका २२ वटा सटर भत्काइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरु भत्काइएको छ । महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो । शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटरहरु आज भत्काइएका हुन् ।  पाण्डेकाअनुसार यसअघि ती सटरहरुमा फलफूल पसल तथा अन्य साना पसलहरू सञ्चालन गरिएका थिए ।  महानगरपालिकाले शैक्षिक संस्थाहरुको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं