SHARE
अर्थ संवाद · सोमबार १५ मंिर २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य 

काठमाडौं । नेपालमा द्रुतगतिमा डिजिटलाइज हुँदै गएको वित्तीय क्षेत्रले सामना गरिरहेको बढ्दो साइबर सुरक्षा चुनौतिबारे छलफल गर्न बेलायतमा मुख्यालय भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता संस्था, जेनेस सलुशनले बैंक तथा वित्तीय संस्था महासङ्घ नेपाल (सीबीएफआइएन) का वरिष्ठ नेतृत्वसँग शुक्रबार एभरेस्ट होटलमा एक अन्तरक्रिया आयोजना ग¥यो ।उक्त अन्तरक्रियामा नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रविधि अधिकृतहरु सहभागी थिए । जेनेस सलुशनका  प्रमुख कार्यकारी तथा युके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्व्यासडर अञ्जनी फुयाँलले नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या  सन् २०२५ सम्म दुइ करोड ३५ लाख पुग्ने प्रक्षेपण गरिएको बताए । उनले डिजिटल कारोबार वर्षेनि ७८% ले बढिरहेको भए पनि करिब ७०% वित्तीय संस्थाले अझै नियमित सुरक्षा अडिट नगरेको जनाए ।‘हामी सबै एनसीएचएल, नेपाल पे र साझा भुक्तानी पूर्वाधारमार्फत एकआपसमा जोडिएका छौँ,’ फुयालले भने। ‘एउटा संस्थाको सुरक्षामा जोखिम भयो भने  त्यसको असर  सम्पूर्ण प्रणालीमा पर्छ ।’फुयाँलले नेपालका वित्तीय संस्थाहरुको  साइबर सुरक्षामा केही गम्भीर कमी रहेको बताए । विभिन्न संस्थाहरुले क्लाउड प्रविधि अपनाएको स्तर फरकफरक रहेको, एकीकृत सुरक्षा मापदण्डको अभाव रहेको र साइबर हमलाबाट जोगिने तयारी सम्बन्धमा पनि ठूलो भिन्नता रहेको पनि उनले जनाए ।फुयाँलले एउटा सुरक्षा सम्बन्धी स्तरीकृत बेस लाइन तयार गरिएमा त्यसले  कम्प्लायंस लागत घट्ने, सुरक्षासम्बन्धी जोखिम न्यून हुने र जनविश्वास मजबुत हुने बताए । ‘सुरक्षा आधार बलियो भएपछि डिजिटल पेमेन्ट, ऋण लगानी प्लेटफर्म तथा फिनटेक सहकार्यमा नवप्रवर्तन तीव्र गतिमा अघि बढ्नेछ,’ उनले भने। ‘सीबीएफआइएनका सदस्य संस्थाहरूले  नेपालका करिब ९०% वित्तीय सेवाको प्रतिनिधित्व गर्छन् ।  यो क्षेत्रको रूपान्तरणका लागि यो  पहुँच र प्रभाव निकै महत्वपूर्ण हुन्छ ।