भोटेकोशी जलविद्युत आयोजनाको सेयर प्राप्त गर्न योग्य लाभग्राहीको लगत संकलन, डेढ महिनाभित्र सम्पन्न गर्ने योजना
सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाले भोटेकोशी जलविद्युत आयोजना सँगको सहमति अनुसार सेयर प्राप्त गर्न योग्य प्रभावित स्थानीयको लागत संकलन गरिरहेको छ। पालिकाका पाँचवटा वडाहरूमध्ये वडा नम्बर २ र ३ को काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत वडा नम्बर १ ले पनि सो कार्यलाई जारी राखेको छ।
