चौतारा–नवलपुर–मेलम्ची सडक निर्माण गर्दा क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा, काम राेक्न निर्देशन
सिन्धुपाल्चाेक । चौतारा–नवलपुर–मेलम्ची सडकखण्डको झ्याडीदेखि भेडिचौरसम्म भइरहेको सडक निर्माणमा गम्भीर अनियमितता पाइएको छ। करिब २२ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडकमा ठेकेदार अमर ज्योति कन्स्ट्रक्सनले सम्झौता तथा प्राविधिक मापदण्डविपरीत क्रसर मटेरियलको सट्टा माटो र ठूला ढुंगा प्रयोग गरी सब–बेस बिछ्याएको स्थानीय र प्राविधिकहरूले बताएका छन्।
