प्रधानमन्त्री, सभामुख र शिक्षक महासंघबीच छलफल
काठमाडौंँ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिमण्डलले शुक्रबार राति प्रधानमन्त्री र सभामुखसँग छलफल गरेको छ। शिक्षक महासंघका अनुसार शुक्रबार राति ९ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग र राति ११ः३० बजेसम्म सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरिएको हो।
