एमाले महासचिव पोखरेलको आरोप– ‘सरकार चुनाव गराउने बाटोमै छैन’
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन प्रक्रिया अगाडि बढाउन इच्छुक नरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य भए पनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नसकेको दाबी गरे ।
