सरकारले मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा देशभर घृणा र द्वेष फैलाउने कार्य गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको जनप्रदर्शन तथा जनसभामा सम्बोधन गर्दै उनले सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे ।
