बुङ्गाथलीमा अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने पाँच दिने तालिम सम्पन्न
बुङ्गाथली । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बुङ्गाथलीमा अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ। मङ्सिर १ गते सुरु भएको तालिम आज समापन भएको हो । तालिममा अकबरे खुर्सानी पकेट क्षेत्र बुङ्गाथलीका १५ जना महिलाहरूको सहभागिता रहेको थियो।
