बलेफीमा माइनेट लेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न
बलेफी । बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयमा वडा कार्यालयको आर्थिक सहयोग र वडा बाल सञ्जालको संयोजनमा आयोजना गरिएको माइनेट उठाउने प्रतियोगिता तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको उत्साहपूर्ण सहभागितासँगै दुवै विधामा प्रतिस्पर्धात्मक वातावरण देखिएको विद्यालयले जनाएको छ ।
